जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बाँकेमा दुलही पुर्‍याउन हिँडेको बस दुर्घटना, ३७ जना घाइते

जन्मभुमि खबर
काठमाडौं, २९ फागुन । बाँकेमा दुलही पुर्‍याउन हिँडेको बस दुर्घटना भएको छ । दुर्घट्नामा परि ३७ जनाका घाईते भएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना ३ ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजना गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै दाङको देउखुसी दुलही पुर्‍याउन हिँडेको थियो ।

दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीको भनाई छ । रासस