जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालमा माछा मार्ने क्रममा अन्नपूर्ण गाउँपालिका का मिनको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

फेवातालमा माछा मार्ने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

शनिबार अपरान्ह माछा मार्ने क्रममा पोखरा २३ खपौदी क्षेत्रबाट फेवातालमा डुबेर बेपत्ता भएका पोखरा–१४ चाउथे बस्दै आएका ६३ वर्षिय मिन गुरुङ साँझ मृत फेला परेका हुन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थायी घर भएका गुरुङ माछा मार्ने क्रममा शनिबार अपरान्ह ४ बजे फेवातालको पोखरा–२३ खपौदी क्षेत्रमा डुबेर बेपत्ता भएका थिए ।

गुरुङ डुबेको खबर पाउन साथ पुगेको वडा प्रहरी कार्यालय बैदाम र ससस्त्र प्रहरी बलको रेस्क्यू टोली खोजतलासमा खटिएको थियो । उनको शव डुबेको झण्डै ३ घण्टापछि प्रहरीले मृत अवस्थामा फेला पारेको थियो ।

गुरुङको शव परीक्षणका लागि पश्चिम क्षेत्रिय अस्ताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।