जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फुस्रेखोला रामदी मट्टिखान सडक निर्माण संघर्ष समिति गठन ।

फुस्रेखोला रामदी मट्टिखान सडक निर्माण संघर्ष तदर्थ समिति गठन गरिएको छ । समिति रुद्रनाथ पौडेल (सूर्य)को सयोजकत्वमा ११ सदस्य समिती निर्माण गरिएको छ ।जस्मा सह सयोजकमा राजकुमार गुरुङ्ग ,सचिवमा ध्रुव पोख्रेल सदस्यहरुमा खगराज न्यौपाने ,हिमलाल पौडेल ,भक्त बहादुर गुरुङ्ग( सुवास),देवराज सुनार , तिलक खडका ,महेश बराल ,दुर्ग बन्धु पौडेल र मोहन कार्की रहनु भएको छ ।
सडक निर्माण मा ढिलाई गरे पछि र जनताले बारम्बार निर्माण कम्पनीलाई सचेत गराउदाँ पनि कामलाई पुरा नगरे पछि यस क्षेत्रका युवाहरु बाट आज संघर्ष समिति गठन गरिएको हो । बाटो सुरु भएको दश बर्ष भन्दा बढी हुदाँ समेत बाटो निर्माण पुरा नहुदा यस क्षेत्रका जनताले दिनहु समस्या भोग्दै आएका छन् । जनताले बारम्बार खबरदारी गर्दा जनप्रतिनिधिलाई तथा प्रदेश तथा संघका मन्त्री भौतिक पूर्वधार विकास कार्यलयका डि ई लाई समेत यस बाटोमा ल्याएर अन्तक्रिया तथा बाटोको अवस्था समेत देखाइएको थियो ।
सो बाटोको अवस्थामा कुनै पनि प्रगति नदेखिएको , बारम्बार बाटो निर्माणा समया थप्दै मात्र जाने कार्य भएको काम को प्रगति नदेखिएकोले यस क्षेत्रका उपभोक्ताहरु संघर्ष समिति निर्माण गरि अगाडि बढन बाध्य भएको सयोजका सूर्य पौडेल ले जानकारी गराएका छन् ।
सघंर्ष समितिले फुस्रेखोला रामदी मट्टिखान सडकका उपभोक्ताहरुलाई बाटो निर्माण पुरा नहुदाँको समय सम्म संघर्षमा साथ दिन आम उपभोक्तालाई जानकारी गराउने साथै बाटो निर्माण समिति ,वडा नम्बर २१ का जनप्रतिनिधि पोखरा महानगरपालिका का मेयर ,फेदिखोला गाँउपालिका का प्रमुख ,यस क्षेत्रबाट प्रदेश तथा संघमा प्रतिनिधित्व गदै आउनुभएका मन्त्री तथा सभासद को उपस्थित गराई सडक निर्माण कम्पनीलाई के के कारणले ढिलाइ भएको र समस्या कहाँ भएको छ भनेर जनताको माझमा अन्तक्रिया आयोजन गर्ने भएको छ  । साथै अब बाकी रहेको समयमा पनि बाटो पुरा निर्माण नभएमा संघर्ष समितिले रिले अन्सन गरि पोखरा २१ मा चल्ने सवारी लाई चल्न नदिने र ठप्प पार्ने कार्य अगाडी बढाउने समेत तालिका रहेको बताएको छ ।