जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमणमा लागि उनी नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

बुधबार दिउँसो १ बजेर १५ मिनेटमा भारततर्फ उडेका छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल पनि छन् ।

प्रधानमन्त्री आजै भारत गएपनि उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड आफ्नो भ्रमण सकेर जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।