जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रचण्ड माधव समूहद्वारा सुबास नेम्बाङ, सूर्य थापा, महेश बस्नेतलगायत ७ नेता कारबाहीमा, केन्द्रीय सदस्यबाट ६ महिना निलम्बन

जन्मभुमि खबर
काठमाडौ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल नेपाल समूहले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित ७ जनालाई निलम्बनको निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले  नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पनि ६ महिना निलम्बनको निर्णय गरेको छ । यसअघि प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेको छ । रासस