जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोख्रेली कलाकारहरुले निर्माण गरेको वेब सिरिज”हल्का टुच्च” को म्युजिकल ट्रेलर सार्बजनिक (भिडियो सहित)

 

जन्मभुमि खबर,
पोखरा ।

पोखरालाइ कर्मथलो बनाएर कलाकारिता क्षेत्रमा निरन्तर अगाडी बढिरहेका पोख्रेली कलाकारहरुले निर्माण गरेको वेब सिरिज”हल्का टुच्च” को म्युजिकल ट्रेलर सार्बजनिक भएको छ।

राम बास्तोला र बज्र राज अधिकारिको क्रियसनमा निर्माण भएको सिरिजको निर्देशन ,लेखन ,कथा ,सम्पादन राम बास्तोलाकै रहेको छ जसमा बज्रले सहजीकरण गर्दै आइरहेका छन्। रियल पिक्चर इन्टरटेनमेन्ट को युटुब बाट प्रसारणमा आएको सिरिज “हल्का टुच्च ” मा मुख्य कलाकारको रुपमा बज्र अधिकारी ,राम बास्तोला ,पुस्पा लोहनी ,सरिता दानकुटी ,प्रज्वल भित्रीकोटी,माधब चापागाईं ,सुबास काफ्ले लगायतका कलाकारहरु रहेका छन्।

“समाजमा घट्ने यथार्थ घटना ,देश को समसामायिक बिषय बस्तुमा आधार रहेर कथा निर्माण गरिन्छ र व्यंग्यात्मक तरिका बाट सिरिजमा देखाईन्छ” निर्देशक राम बास्तोला बताउछन। कोरोनाको बढ्दो जोखिमका कारण नियमित रुपमा सिरिज आउन नसकेको र अब छिट्टै नियमित रुमपा सिरिज आउने पनि बास्तोलाले बताए। “हल्का टुच्च “को ९ भाग सम्म भने प्रसारणमा आइसकेको छ। र अब छिट्टै नियमित रुमपा सिरिज आउने बास्तोला बताउछन।

भिडियो हेर्नुहोस :