जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २१ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

पोखरा वडा नम्बर २१ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। वडा नम्बर २१ का  महिलाहरुको प्रतिभा प्रतिस्पर्धा कार्यक्रम अन्तर्गत ( वक्तृत्वकला ) प्रतियोगिता गरिएको हो।  समाज परिवर्तन र विकास मा महिलाको भुमिका शिर्षकमा २१ का ८ समुहका महिला बिच कार्यक्रम गरिएको थियो। सो कार्यक्रममा  प्रथम सिजनशिल महिला समुह निर्मलपोखरी अभियान टोल बाट हरिमाया गिरि ,दोस्रोमा नवसिर्जना आमा समूह दोपहरे बाट मैन सुवेदी,तेस्रोमा जागृति आमा समूह वेलडाडा बाट  बिष्णु माया सुवेदी तथा सन्त्वना तर्फ चण्डीकालीका आमासमूह मट्टीखान बाट निर्मला पोख्रेलले हासील गर्नु भएको थियो।    कार्यक्रमलाई आर्थिक  सहयोग  पोखरा महानगरपालिका सामाजीक महाशाखा  बाट रू ३०,००० हजार सहयोग रहेको थियो।कार्यक्रमको  प्रमुख अतिथि वडा नं २१ का अध्यक्ष दिपक प्रसाद सुवेदी रहनु भएको थियो भने कार्यक्रम को सभा अध्यक्ष महिला संजालकि अध्यक्ष भिमा सुवेदी सिग्देल रहनु भएको थियो । कार्यक्रमको  स्वागत मन्त्वय सञ्जाल की सह सचिव मिना अधिकारीले गर्नु भएको  थियो भने कार्यक्रम संचालन  सचिव लोकमाया थापाले गर्नु भएको थियो।