जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा १९ स्थित अकला मन्दिर नजिकैको जंगलमा मृत भेटिए ओमराज

जन्मभुमि खबर
पोखरा ।
पोखराको वडा नं १९ स्थित अकला मन्दिर नजिकको जंगलमा एक व्यक्ति मृत फेला परेका छन् ।

मन्दिर नजिकै भिरपानी ठुलोबन सामुदायिक वनभित्र बाई खोल्सामा सोही ठाउँ बस्ने ३८ वर्षीय ओमराज परियार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

मृतक परियारको मानसिक अवस्था कमजोर रहेको थियो । कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले दिएको जानकारी अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।