जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा १८ सराङकोटका रमेश थापाको अमेरिकामा गोली हानी हत्या

जन्मभुमि खबर ,
पोखरा ।
अमेरिकी सहर टेक्ससमा गोली प्रहारको घटनामा नेपाली नागरिक मारिएका छन् । टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ । अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो ।

अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट (आवास गृह) क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको जनाएको छ । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राती १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।

प्रहरी घटनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेका थिए । उनलाई त्यहीँ मृत्यु भएको घोषणा प्रहरीले गरेका थिए । प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाएको छ ।

झन्डै ११ वर्षअघि मेक्सिको हुँदै थापा अमेरिका पुगेका थिए । पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रमणका घटना बढिरहेको पृष्ठभूमिमा यो हत्या भएको हो । नेपाली राजदूतावासले पनि एसियाली माथिको आक्रमण रोक्नका लागि आग्रह गरेको छ ।