जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा १३ का एक युवाले घर भित्रै आत्मदाहको प्रयास

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा आत्मदाहको प्रयास भएको छ ।

उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्पेक्टर सुवास तिमिल्सिनाले जानकारी गराए । काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका अस्ताल पुर्याएका हुन् ।

‘दुवैले शरीरमा आगो लागिरहेको बेला छिमेकीहरुले उद्धार गरि हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ,’ एक प्रत्यक्षदर्शीले भने । कृष्णबहादुर क्षेत्री बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि सापकोटाले जोगाउँदा उनी पनि जलेको एक स्थानीयले बताए ।