जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा वाटर ट्याङले चलाएको सुरक्षाकर्मीलाई खाजा तथा खानेपानी वितरण अभियानमा जगद्गुरू हरुको साथ

नवीन भण्डारी
पोखरा ।

संसारभर फैलिरहेको यस कोभिड १९ को बिषम परिस्थितीको यस संकटको घडीमा जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ श्रीराम तारकब्रह्म पीठ अनन्त श्रीबिभूषित पोखरा वाटर ट्याङले चलाएको सुरक्षाकर्मीलाई खाजा तथा खानेपानी वितरणअभियानमा रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायाेगी सिद्धबाबाले पोखरा वाटर ट्याङले चलाएको सुरक्षाकर्मीलाई खाजा तथा खानेपानी वितरणअभियानमा सहयोग गर्नुभएको छ ।
यस अभियानका संयोजक गुरूङका अनुसार स्वामी श्री रामकृष्णाचार्य महायाेगी सिद्धबाबाले गरेको सामाजीक कार्यको खुलेर प्रशंशा गर्नुभयको छ। यसरी स्वामीले गरेको सहयोगबाट एक समाजसेवी मानिसले आफ्नो अवस्था अनुसार हरेक क्षेत्रमा कुनै न कुनै माध्यमवाट सहयोगी मन सहित सामाजीक कार्यमा होमिने सक्ने कुरा प्रष्ट पार्नुभयो।
हरेक क्षेत्रमा संलग्न भएर कार्यरत सम्पूर्ण नेपालीहरूले आफ्नो आफ्नो क्षेत्र र दक्षता अनुसार एकताको सुत्रमा बाधिँएर यस परिस्थिति सगँ लडेको खण्डमा छिट्टैनै पुरानै अवस्थामा फर्किन सक्नेकुरा जिकिर गर्दै स्वामी श्री रामकृष्णाचार्य महायाेगी सिद्धबाबालाई धन्यवाद दिदै आगामी दिनमा पनि यस अभियानलाई संस्थाले निरन्तर रूपमा अगाडी बढाउने प्रतिबद्द्ता ब्यक्त गर्नुभयो ।