जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा वडा नम्बर २९ सैनिक बस्तिबाट चोरीका सामान सहित तीन जना पक्राउ

पोखरा मंगलबार रातको पोखरा महानगरपालिका वडा नम्बर २९ सैनिक बस्ति स्थित एक घरमा चोरी गरेर फरार तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा २९ बुद्धिमाया गुरुङको घरको मुलढोका फुटाई घरभित्र रहेका सुनको तिलहरी, चाँदिको करुवा, चाँदिको गिलास, पितलको गिलास, नगद, मोबाईल, मुगाका माला, कपडा समेत चोरि गरि भागेका थिए ।

इलाका प्रहरी कार्यालय शिशुवा लेखनाथले ३ जनालाई बुधबार बिहान चोरी गरि लिएका मालसामानहरु सहित पक्राउ गरेको छ । उनीहरुलाई कास्की जिल्ला अदालतबाट दिन ५ म्यादथप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।