जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा लेखनाथ दुर्घटना अपडेट : उपचाररत जिरो किलोमिटरकि भावना बरालको पनि मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५, हेमजाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५, जिरो किमी बस्ने २४ वर्षीया भावना बराल हुन् ।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बिएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ४ बजेर १५ मिनेटमा ठक्कर दिएको थियो ।

घाइतेलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । चिकित्सकले अनिशालाई ४ बजेर ३९ मिनेटमा मृत घोषणा गरेका हुन् । भावनालाई पोखराकै चरक मेमोरियल अस्पताल रिफर गरिएकोमा उनको साँझ ७ बजेर १५ मिनेटमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृतकहरु लेखनाथ अर्घौंस्थित गण्डकी मेडिकल कलेजमा विडिएस (ब्याचलर इन डेन्टल सर्जन) मा अध्ययनरत रहेको कलेजले जनाएको छ

दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर दिएपछि कार पनि सडक छेउमा पल्टिएको थियो । स्कुटर कार मुनि परेको थियो ।

पोखरा लेखनाथ अर्घौंचोकमा कार र स्कुटर ठोकिँदा स्कुटर चालकको मृत्यु, एक जना गम्भीर घाइते