जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा लेखनाथ अर्घौंचोकमा कार र स्कुटर ठोकिँदा स्कुटर चालकको मृत्यु, एक जना गम्भीर घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।

पोखरा-२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा आज दिउँसो ४ः१५ बजे B AA 0041 नम्बरको कार र ग१३प ३५७८ नम्बरको स्कूटर एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा पोखरा २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्काको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

गम्भीर घाइते भएकी महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परेर घाइते भएकी पोखरा ५ जिरो किमि बस्ने २४ वर्षीया भावना बरालको चरक मेमोरियल अस्पतालमा उपचार भैरहेको प्राप्त जानकारीमा उल्लेख छ।

उक्त दुर्घटनामा परेर स्कुटरमा सवार उनको पनि अवस्था जटिल रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक भानु शर्माले जानकारी दिए। उनीहरु दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत् छात्रा रहेका थिए ।

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नै उपचार भइरहेको छ ।

दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।