जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा र तनहुँका गरी दुई जनाको कोरोना संक्रमणका कारण सोमबार मृत्यु पुष्टि

जन्मभुमि खबर ,
पोखरा ।

कोरोना संक्रमणका कारण पोखरामा आज थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका निवासी ५१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको हो ।

गएको चैत्र २३ गते कोरोना पोजेटिभ भएर उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना भएका उनको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरुषमा निमोनिया र मृगौलामा समस्या रहेको अस्पतालले जनाएको छ ।

यस्तै  पोखरा महानगरपालिका निवासी ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ ।

गत चैत्र २० गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना भएका उनको सोमबार उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयका प्रमुख डा: विनोद विन्दु शर्माले जानकारी दिए ।

आज मृत्यु भएका दुई संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको निर्देशनालयले जनाएको छ ।