जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरमा आज सार्वजनिक बिदा, स्कुल कलेज भने खुल्ने

जन्मभुमि खबर
पोखरा । पोखरा महानगरपालिकाले बुधबार सार्वजनिक बिदा दिने भएको छ । फागुन १९ गते बसेको कार्यपालिका बैठकको निर्णण अनुसार महानगरपालिका मातहतका कार्यालयहरु बुधबार बन्द रहने सुचना जारी गरेको छ ।

पोखरा महानगर स्थापना दिवसको अवसरमा महानगरले फागुन २६ गते बिदा दिने निर्णय गरेको हो । महानगरको कार्यालय, वडा कार्यालयहरु सहित त्यस मातहत रहेका महाशाखा तथा शाखा कार्यालहरु बन्द रहने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । महानगरका कार्यालय बिदा हुने भए पनि विद्यायल, क्याम्पस भने बन्द नरहने प्रवक्ता नेपालीको भनाइ छ ।

पोखरा महानगरपालिकाले पाँचांै स्थापना दिवसको अवसरमा बुधबार प्रभातफेरी, सम्मान लगायतका कार्यक्रम तय गरिएको उनले बताए । कर्मचारीहरु बिहान ८ बजे पोखरा महानगरपालिकाबाट सुरु हुने प्रभावफेरी र औपचारिक कार्यक्रममा भने सहभागी हुनुपर्ने छ ।

महागनरले स्थापना दिवस त्रिदवसीय कार्यक्रम आयोजना गरेको हो । सोमबार र मंगलबार जनप्रतिनिधि र कर्मचारीबीच खेलकुदका कार्यक्रम भएका थिए । सोमबार जनप्रतिनिधि र कर्मचारी (पुरुष) वीच फुटबल प्रतियोगिता र मंगलबार महिला जनप्रतिनिधि र कर्मचारीवीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।

पोखरा उपमहागनरपालिकाबाट महानगरपालिका घोषणा भएको ५ वर्ष पूरा भएको छ । २०७३ साल फागुन २७ गते महानगर घोषणा भएको थियो । फागुन २७ गते शिवरात्री परेकाले पोखरा महानगरले २६ गते दिवस मनाउन लागेको हो ।