जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका –१६ का ६५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

चरक मेमोरियल अस्पताल पोखरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गत चैत ३१ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा महानगरपालिका–१६ का ६५ वर्षीय एक वृद्धको मृत्यु भएको हो। उनमा श्वासप्रश्वासको समय समेत थियो।

योसँगै गण्डकी प्रदेशमा प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ जना पुगेको छ ।