जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका वडा नम्बर २१ मा वडा स्थरीय महिला संजाल गठन।

पोखरा महानगरपालिका वडा नम्बर २१मा वडा स्तरीय महिला संजाल गठन गरिएको छ ।

२१ मा रहेका आमा समुह तथा महिलाहरुको चौतरफि विकास र हक हितका लागि काम गर्ने ,महानगरबाट महिलाका लागि बिबिन्न बिषयमा कार्यक्रम संचालनमा साथै वडामा र्निवचित महिला सदस्यहरुलाई काम गर्न सहज होस भन्ने  सोचका साथ वडा महिला संजाल गठन गरिएको वडा सदस्य  बिमला चालिसलेे जानकारी दिनुभएको हो । संजालको अध्यक्षतामा भीमा सुबेदी सिग्देल चयन भएकी छन् साथै उपध्यक्षमा सुनिता सापकेटा पौडेल ,सचिवमा लोक माया थापा मगर ,स सचिवमा मिना अधिकारी ,कोषध्यक्षमा दुर्ग अधिकारी सदस्यहरुमा सृजना अधिकारी ,भुमि आचार्य ,इन्दिरा पोख्रेल ,राधा पौडेल ,निर माया कुवँर ,सरस्वती गिरी ,कल्पना क्षेत्री टेक माया पौडेल लोक माया अधिकारी , पार्वती वि.क ,गिता थापा ,अनिता खत्री ,लक्ष्मी नेपाली , सिरिसा कार्की ,विष्णु माया थापा , अम्बिका सुबेदी कोइराला रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथिमा वडा अध्यक्ष रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता वडा सदस्य बिमला चालिसे  र कार्यक्रम  चालन वडा सदस्य झपट रानाभाटाले गरेका थिए ।