जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरका ६ जना सहित गण्डकीमा ११ जना उपचाररत संक्रमितको मृत्यु

जन्मभुमि खबर,
पोखरा ।

पोखरा महानगरपालिकाका ६ जनासहित गण्डकी प्रदेशमा थप ११ कोरोना भारस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज(मंगलबार)  पहिलो प्रेस विज्ञप्तीमार्फत मृत्यु भएको जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या २८७ पुगेको निर्देशनालयले उल्लेख गरेको छ ।