जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा मणिपालमा उपचार गराइरहेका तनहुँका बिरामी युवक बेपत्ता

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको मणिपाल शिक्षण अस्पतालबाट एक जना बिरामी बेपत्ता भएका छन् । लामाचौर बस्दै आएका १९ वर्षका संगम मिश्र उपचार गर्दागर्दै बेपत्ता भएका हुन् । उनी सोमबार साँझदेखि बेपत्ता भएका प्रहरीले जनाएको छ ।

उनको परिचयपत्रसहितको कपडा सेती नदीस्थित झोलुङ्गे पुलमा भेटिएपछि प्रहरीले सेती नदीमा हाम फालेको हुनसक्ने अनुमान गरेको छ । सोही अनुमानका आधारमा सेती नदीको ड्याम खोलेर खानतलासी गरिने कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

उनका बुबा हरिप्रसाद मिश्र औषधी किन्न बाहिर निस्केका बेला संगम बेडबाट बाहिरिएका हुन् । उनी हराएको बारे अस्पताल प्रशासनले केही बोलेको छैन । ड्याम खोलेर खोजी गर्नुपर्ने भएकोले ड्यामभन्दा तलका बासिन्दालाई सचेत रहन प्रहरीले सूचना निकालेको छ । बिहीबार दिउँसो १२ देखि ४ बजेसम्म ड्यामभन्दा तलका सबै नागरिकलाई सतर्क रहन भनिएको हो ।

कास्की प्रहरीको सूचना

पोखराको मणिपाल अस्पतालबाट नदिपुर तर्फ आउने झोलुङ्गे पुलबाट एक युवक बेपत्ता