जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा प्रस्याङमा कारको ठक्करले २ दुइजना पैदल यात्रीको मृत्यु , कार चालक फरार

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिंदा पोखरा महानगरपालिका-३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको हो ।

उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी पठाएकोमा उपचारका क्रममा छन्त्यालको राति १:३५ बजे र अर्का पुरूषको १ :५५ बजे  डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि कार चालक फरार छन् । कार भने प्रहरीको नियन्त्रणमा छ उनको खोजीकार्य भइरहेको प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए ।