जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा टेलिभिजनलाई मिडिया कप फुटसलको उपाधि

जन्मभुमि खबर ,
पोखरा ।

मिडियाकप फुटसल उपाधि पोखरा टेलिभिजनले ए.च डि ले जितेको छ । फाइनलमा रेडियो अन्नपूर्णलाई ५–४ गोलअन्तरले पराजित गर्दै पोखरा टेलिभिजनले उपाधि जितेको छ ।
उपाधि विजेता पोखरा टेलिभिजनले ४० र उपविजेता रेडियो अन्नपूर्णले २५ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र हात पारे ।

रेडियो सराङकोटको १६ औं वार्षिकोत्सव बुधबार गणेशटोलस्थित बि.फिट स्पार्टस्मा आयोजित प्रतियोगितामा ७ टिमले भाग लिएका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी सौगात परियार, उत्कृष्ट गोलरक्षक प्रभात आचार्य र उत्कृष्ट गोलकर्ता विनोद पौडेल घोषित भए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिता उद्घाटन गर्दै यसप्रकारको प्रतियोगिताले मिडिया र संचारकर्मीबीच आपसी सौहार्दता भावना विकासमा पनि टेवा मिल्ने बताए ।

सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्णबहादुर थापाले सामाजिक उत्तरदायित्वका विविध रचनात्मक कार्यक्रम साथमा दोश्रो पटक मिडियाकप आयोजना गरिएको बताए । २०६३ सालदेखि सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा रेडियो संचालित छ ।

रेडियोका प्रबन्ध निर्देशक अर्जुनबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका सल्लाहकार प्रेमबहादुर जिसी, प्रायोजक संस्था एजुकेशन स्टडी लिंकका प्रमुख तथा रेडियोका निर्देशक रमेशकुमार थापा, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष एकराज गिरी, रेडियोका निर्देशक राममणि पौडेल, चिन्तामणि बास्तोला, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्ल, रेडियोका स्टेशन प्रमुख योगेन्द्र श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा रेडियोका प्राविधिक सागर बास्तोला, मैत्रीपूर्ण खेलमा सहभागी महिला पत्रकारलाई सम्मान गरिएको थियो । कार्यक्रममा अन्नपूर्ण केवलकार, एजुकेशन लिंक, कञ्चन कम्प्युटर, महाशिला आल्मुनियम, पोखरा महानगर खेलकुद समिति मुख्य सहयोगी थिए ।