जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा चेम्वर अफ कमर्स कास्की को अभियान एक व्यक्ति एक अक्सिजन सिलिन्डर

जन्मभुमि खबर,
पाेखरा ।

पोखरा चेम्वर अफ कमर्स कास्कीले एक व्यक्ति एक अक्सिजन सिलिन्डर अभियान अन्तर्गत आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाले कोरोना महामारीका कारण सृजित अक्सिजन सिलिन्डर अभाबका कारण पिडितहरुले अकालमा ज्यान गुमाउनु परेको अबस्थालाई मध्यनजर गरि अभियान शुरु गरेको हो ।

यस अभियानमा विभिन्न संस्था तथा व्यक्तिले सहयोग गर्ने क्रम जारी छ। पोखरा चेम्वर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले आइतबार एक प्रेस नोट जारी गर्दै सो जानकारी दिनु भएकाे हाे । सुनारले सो अभियान अन्तर्गत कास्की पोखरा समाज जापानको सहयोगमा पोखरा चेम्वरको समन्वयमा सात लाख रुपैया बराबरको ५ ० वटा सिलिन्डर उपलब्ध गराइसकेको र आर्थिक सहयोग जुट्ने क्रम जारि रहेको जानकारी दिनुभएकाे छ ।

संकलित आर्थिक सहयोगवाट कास्कीका बिभिन्न स्थानीय तहलाई एक हप्ताभित्र स्वास्थ्य सामाग्री तथा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिने योजना रहेको कार्यक्रम संयोजक प्रेम सुबेदीले जानकारी दिनुभएकाे छ ।

यसअघि पोखरा चेम्वर अफ कमर्स कास्कीले दोस्रो चरणको कोरोना माहामारी व्यवस्थापनमा पोखरा चेम्वरको सामाजिक उत्तरदायित्व अन्तर्गतः पोखरा चेम्वर हेल्प डेस्क स्थापना गरि कार्य प्रारम्भ गरिसकेको छ ।

उक्त हेल्प डेस्क मार्फत विभिन्न समितिहरु निर्माण गरि दोस्रो चरणको कोरोना माहामारी व्यवस्थापनमा स्थानीय तहलाई सहजिकरण तथा आम नागरिकको जीवन रक्षाका लागी यस वीचमा अत्यावश्यक वस्तु तथा सेवा संचालन गर्ने व्यवसाय लाई सहजिकरण गर्ने कार्य समेत गर्दै आइरहेको जनाइएकाे छ ।