जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा एक युवक पक्राउ

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा एक युवक पक्राउ परेका छन् । कास्कीकाे पाेखरा १३ कसेरी, खहरेकी ६ वर्षीया बालिकालाई घरमा काेही नभएकाे समयमा ललाइ फकाइ धम्काएर जबरजस्ती करणी गरेकाे अभियाेगमा २३ वर्षीय विशाल परियार पक्राउ परेका छन् । परियारलाई वडा प्रहरी कार्यालय रामबजार पाेखराले बिहीबार पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार साेही ठाँउमा विगत ८ / १० वर्षदेखि अर्काकाे घरमा भाडामा बस्दै आएका मिस्त्री काम गर्ने परियारले बालिकालाई पटक पटक ललाइ फकाइ धम्क्याउने गरेका थिए । बालिकाकाे घरमा काेही नभएकाे समयमा काेठा बन्द गरेर दुर्व्यवहार गरेकाे देखेपछि परिवारकाे सदस्यले खबर गरेका थिए ।

उनलाई जवरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनकाे म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय पाेखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।