जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा सोमबार थप २९८ जनामा काेराेना संक्रमण,२ जनाको मृत्यु

जन्मभुमि खबर,
पोखरा ।

पछिल्लो २४ घण्टामा पोखराका २९८ जना सहित गण्डकी प्रदेशमा थप ६५३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार १ सय ३३ जनामा गरेको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमित मध्ये आज पनि कास्की जिल्लाका धेरै जना रहेका छन्।संक्रमित हुनेमा कास्कीका २९८ जना रहेका छन् । अन्य जिल्लाहरु लमजुङका ३७,गोरखाका २२, तनहुँका २२, स्याङ्जाका १५, मुस्ताङका १,पर्वतका ५०, बागलुङका ५८, म्याग्दीका ६३,मनाङका १ र नवलपरासी पूर्व ८६ जना रहेका छन् ।

यस्तै मृत्यु हुनेमा,

कास्की जिल्ला पाेखरा महानगरपालिका–१३ का ८७ वर्षीय पुरुषकाे आज बिहान ७ बजे हाेम आइसोलेसनमा निधन भएकाे छ । उहाँलाई बैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पाेखरा महानगरपालिका–७ का ६७ वर्षीय पुरुषकाे हिजाे दिउसाे सवा २ बजे मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारकाे क्रममा निधन भएकाे छ । उहाँलाई बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो