जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा शनिबार दिउँसो ३ घण्टा विद्युत अवरुद्ध हुने

जन्मभुमि खबर
पोखरा ।
शनिबार कास्की जिल्लाका सम्पूर्ण स्थानमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत प्राधिकरणको सेवा अवरुद्ध हुने भएको छ ।

लेखनाथ सबस्टेशनमा १३२ केभी लाइन एक्स्टेन्सन गर्न लागिएकाले उक्त समयमा बिजुलीको लाइन अफ हुने प्राधिकरणको पोखरा वितरण केन्द्र, मालेपाटनले जनाएको छ ।

केन्द्रले सम्पूर्णमा जानकारी दिँदै यसबीच पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी भएको उल्लेख गरेको छ । तोकिएको समयअगावै काम सकिए तुरुन्त सेवा सुचारु हुने समेत केन्द्रले बताएको छ ।