जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा लागूऔषधसहित एक युवक पक्राउ

पोखरा,
जन्मभुमि खबर ।

पोखरामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही कटहैमाई गाउँपालिका ५ छोटका मजगवाका २० वर्षीय विजय चौहान पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

नारायणघाटबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७७१५ नम्बरको बसमा सवार विजय पोखरा ३० पावरहाउस नजिक चेक गर्ने क्रममा लागूऔषध सहित पक्राउ परेका हुन् ।

उनको साथबाट फेनारगन १०० एम्पुल,डाईजापाम १०० एम्पुल र नोर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।