जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना चिनियाँ पर्यटक घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । ड्यासाइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङ चोक तर्फ आइरहेको बा १ प ८५१ नम्बरको माइक्रो हाइस ठोक्किएका हुन् ।

घाइतेहरू सबै चिनियाँ नागरिक हुन् । हाइसमा १३ जना चिनियाँ नागरिक सवार थिए । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

सबैको अवस्था खरामुक्त छ । स्कारपिओले राष्ट्रबैंकमा रहेको एक्सप्रेस मनिचेन्जरमा क्षति पुगेको छ ।

दुर्घटनापछि बा १ प ८५१ नं. को हाइस चालक पोखरा-०९ पृथ्वीचोक बस्ने बर्ष ४१ को तुल बहादुर कार्की र बा १३ च ५१३७ नं को स्कार्पियो चालक जि.धादिङ नेत्राबती गा.पा.-१ बोराङ बस्ने बर्ष ४३ को राज कुमार अधिकारीलाई नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनामा घाइते चिनियाँ नागरिकहरु
१) बर्ष ४० को wang xi cocen – अबस्था मध्यम – चोट दाहिने हात,घाटि र ढाडमा
२) बर्ष ६४ को wang yo uhou – मध्यम –चोट ढाड र मुखमा
३) बर्ष ६१ को xu xi aoping – मध्यम – कम्मर र दाहिने हातमा
४) बर्ष ४० कि hong gu mei – मध्यम – निधार र ढाडमाम
५) बर्ष ६० को chev xian ping – मध्यम – चोट दुबै खुट्टामा
६) बर्ष ५१ कि yan yu nai – मध्यम – कम्मरमा चोट
७) बर्ष ६३ को zhang chi ming- मध्यम – दुबै खुट्टा चोट
८) बर्ष ६० को chen jian ping – मध्यम –चोट दुबै खुट्टामा