जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा भोलिदेखी ६२ वर्षदेखि ६५ वर्ष उमेर समूहकालाई भेरोसिल खोप लगाईने खोपकेन्द्र सहित

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा यहि जेठ २७ गतेदेखि कोरोना खोप भेरोसिल लगाइने भएको छ । पोखरा महानगरपालिकाले एक सूचना निकालेर भेरोसिल लगाउने मिति र स्थान सार्वजनिक गरेको हो ।

पोखरामा ६२ वर्षदेखि ६५ वर्ष उमेर समूहकालाई भेरोसिल खोप लगाईने महानगरपालिकाले जनाएको छ । काठमाडौंमा भने ६० वर्षदेखि ६५ वर्षका लाई खोप लगाइने भएपनि पोखरामा ६२ वर्ष माथिका लाई लगाउन लागिएको हो ।