जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा बुधबार बिहानै भूकम्पको धक्का महसुस केन्द्रबिन्दु लमजुङको भुलभुले, ७ घरमा क्षति ३ जना घाईते

जन्मभुमि खबर,
पोखरा ।
पोखरा । पोखरामा बुधबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान पाैने ६ बजे २ पटकसम्म भूकम्पको ठूलै धक्का महसुस भएको छ ।
लमजुङकाे भुलभुले केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५‍ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक भरत कोइरालले जानकारी दिए ।

काठमाडाैं, धादिङ, नुवाकोट, मुस्ताङ लगायतका जिल्लामा पनि बेस्सरी हल्लाएको फेसबुकमा प्रतिक्रियाहरु आएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगा थापाले दिएकाे जानकारी अनुसार अहिलेसम्म ७ घरमा क्षति पुगेकाे छ भने ३ जना घाईते भएका छन् । घाइतेकाे स्थानीय अस्पताल मै उपचार भएकाे छ ।