जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा दुइओटा बैंकको एटिएम मेसिन तोडफोड गरेर चोरी गर्न लाग्दा ३ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा बैंकको एटिएम मेसिन तोडफोड गरेर चोरी गर्न खोजेको आरोपमा ३ जना पक्राउ परेका छन् । उनीहरूलाई दुई छुट्टाछुट्टै घटनामा विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

असोज ३ गते पोखरा नयाँबजारमा रहेको कृषि विकास बैंकको एटिएम मेसिन ताेडफाेड गर्न खोजेको अभियोगमा पोखरा १६ का २२ वर्षीय सन्दिप बस्नेतलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न पोखरा १६ कै १९ वर्षीय अनिस राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको कास्कीका निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए ।

यसैगरी असोज ४ गते विहान लेकसाईडमा रहेको एनएमबि बैंकको एटिएम मेसिन ताेडफाेडकाे प्रयास गर्ने धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ का मनोज कुमाललाई पनि पक्राउ गरेको छ । उनी पछिल्लो समयमा पोखरा ८ बगालेटोल बस्दै आएका थिए । उनले एटिएम मेसिनमा खुकुरी प्रहार गरेका थिए ।

उनलाई १२.५ फिट लामो खुकुरीसहित पक्राउ गरिएको निमित्त प्रहरी प्रवक्ता खड्काले दिए । दुवै घटनामा संलग्नलाई चोरी उद्योग मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।