जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप ११ जनामा कोरोना पुष्ठि

पोखरा । पोखरामा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरा तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

३ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४३ वर्षीय १ जना महिला तथा ५२ वर्षीय १ जना पुरुष रहेका छन् ।

पोखरा ५ मा ५० वर्षीय १ जना पुरुष तथा ९ मा २५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २९ तथा २० वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १७ मा ४५ वर्षीय १ जना महिला तथा १९ मा ५७ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२५ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १८ वर्षीय १ जना किशोरी तथा ६३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ७० पुगेको छ ।