जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा जेब्राक्रसमै क्रेनले ठक्कर दिँदा लाहाचोक निवासी अधिकारीको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा बिहीवार दिउँसो जेब्राक्रसबाट बाटो काट्नेक्रममा क्रेनले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

मृतक कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोक निवासी ३८ वर्षीया धना अधिकारी हुन ।

पोखरा ५ मालेपाटनमा रहेको विद्युत् कार्यालय अगाडिको सडकबाट बाटो पार गर्ने क्रममा उहाँलाई क्रेनले ठक्कर दिएको थियो । अधिकारीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

मृतक अधिकारीका आफन्तले आज झण्डै ३ घण्टा पृथ्वीचोक महेन्द्रपुल सडक अवरुद्ध पारेका थिए ।