जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा घरको ढोकाको ताला फोडेर सुनको गहना चोरी

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आइतबार सुनको गरगहना चोरी भएको छ । पोखरा महानगरपालिका-३३ बागमारा बस्ने अशोक तिवारीको घरमा चोरी भएको हो ।

घरको ढोकाको ताला फोडेर करिब ४ तोला बराबरको सुनको गरगहना आइतबार बेलुकी चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।