जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ ।

प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल र्‍याफटिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ १२ गते आयोजना हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिंदै प्रदेश खेलकुदका सदस्य तथा सहाशिक खेलकुदका संयोजक बसन्तराज दवाडीले प्रतियोगितामा करिव ३० जनाको सहभागिता हुने अपेक्षा रहेको बताए ।

‘वाटर स्पोर्टस’को बिकास संगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै संयोजक दवाडीले प्रतियोगिता पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने जानकारी दिए । “यो स्थान ह्वाइट वाटर कायाकिङका लागि निकै सुगम ठाउँ हो” उनले भने–“यो ठाउँलाई कायाकिङ खेलको विकासका लागि समेत प्रवद्र्धन गर्नु प्रतियोगिताको अर्को उद्धेश्य हो ।”

सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने जानकारी परिषदले दिएको छ ।

प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो पाँचौ हुने विजेता खेलाडीले क्रमश नगद रु ३५ हजार, २५ हजार, १५ हजार र १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।