जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण सुरु, ४० लाख क्षमता

जन्मभुमि खबर ।
पोखरा, २१ फागुन/ पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण सुरु भएको छ ।

पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रको परिसरमा ७५ लाखको लागतमा खोप मण्डार गृह निमार्ण शुरु भएको हो ।

खोप भण्डार गृह २०७८ वैशाख १७ गते भित्रमा निर्माण सम्पन्न गर्ने गरी न्यू केपी कन्स्ट्रक्सन काठमाडौँले ठेक्का पाएको हो ।

खोप भण्डार गृह बनेपछि ४० लाख जनसंख्यालाई पुग्ने खोप भण्डार गर्न सकिने प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।

२ डिग्रिदेखि ८ डिग्री सेल्सियस सम्मको तापक्रममा खोप भण्डारण गर्न सक्ने खड्काले बताए । खोप भण्डारण केन्द्रको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सञ्चालन गर्ने छ ।

उनले केन्द्रमा सबै किसिमका खोपहरु भण्डारण गर्न सकिने बताए । खोप भण्डारण गृहको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरे । गुरुङले सरकारले स्वास्थ्य र शिक्षा राज्यको दायित्व भएकाले प्रथामिकताका साथ काम गरेको बताए ।

गुरुङले नेकपा भावनात्मक रुपमा विभाजित भएको भन्दै एकतालाई जोगाउन लागेको बताए । उनले पार्टीलाई एकतावद्ध बनाएर नेकपाकै नेतृत्वमा सरकार बनाउन सकिन्छ कि भनेर अभियानमा रहेको बताए ।

उनले सासद किन बेचको खेलो सुरु भईसकेको बताउदै त्यसलाई रोक्न पनि एक भएर जानुपर्ने बताए । उनले बाहिरी शक्तिले नै नेकपा फुटाउन लागेको बताए ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले खोप भण्डार गृहसँगै प्रदेश प्रयोगशाला, औषधि भण्डारण गृह लगायतका संरचना निर्माणको तयारी रहेको बताइन् ।