जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आइतबार थप ४३० जनामा काेराेना संक्रमण,२ जनाको मृत्यु

जन्मभुमि खबर,
पोखरा ।

पछिल्लाे २४ घण्टामा कास्कीको पोखरामा थप ४ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मादी र रुपा गाँउपालिकामा एक / एक जनामा संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कास्कीमा थप ४ सय ३ जनाामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका विभिन्न वडामा ४ सय १ सहित मादी गाउँपालिका र रुपा गाउँपालिकामा एक, एक जना थपिएका छन् ।

यस्तै ,
संक्रमणबाट मृत्यु हुनेमा पोखरा १७ का ५३ बर्षीय एक पुरुष, पोखरा ९ की ३१ बर्षीय एक महिला, पोखरा २ की ५८ बर्षीय एक महिला, पोखरा १९ का ५८ बर्षीय एक पुरुष, पोखरा १२ की ३५ बर्षीय एक महिला रहेका छन् ।