जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको हेम्जामा मोटरसाइकल र पानी बोक्ने जिप ठोक्किदा २ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको हेम्जामा मोटरसाइकल र पानी बोक्ने बोलेरो एकआपसमा ठोक्किदा दुर्घटना भएको छ । पोखराबाट हेम्जा जादैँ गरेको मोटरसाइकल ग ९ च ३७६५ र फेदीबाट पोखरा आउदैँ गरेको पानी बोक्ने बोलेरो जिप ग २ च ७२२३ नम्बरको जिप एकआपसमा ठाक्किदाँ दुर्घटना भएको हो ।

मोटरसाइकल चालक र जिप चालक सामान्य घाइते भएका उनीहरुलाई साहारा अस्पताल लगिएको प्रहरीले बताएका छन् । उनीहरुको नाम वतन भने नखुलेको प्रहरीले जानकारी दिएका छन् । दुर्घटना के कारणले भएको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।