जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको प्रस्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवा गम्भीर घाइते

जन्मभुमि खबर,
पोखरा ।

पोखराको प्रस्याङमा मोटरसाइकल दुर्घटना भएको छ ।

सो दुर्घटनामा एक युवा गम्भीर घाइते भएका छन् । उनको परिचय खुल्न सकेको छैन ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पतालमा लगिएको छ ।

पोखराको हरिचोकबाट जिरो किमीतर्फ आइरहेको ग९प ८४५४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटनामा परेको हो ।

तीव्र गतिका कारण डिभाइडरमा ठोकिएर दुर्घटना भएको प्रस्याङका ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको टाउको र मुखमा चोट लागेको छ ।