जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ९ फार्मेसीमा प्रशासनको अनुगमन

जन्मभुमि खबर,
पोखरा  ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका फार्मेसीमा अनुगमन गरेको छ । निषेधाज्ञाको अवधिमा औषधिजन्य वस्तुको अभाव र मूल्य वृद्धि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कास्की र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रको सक्रियतामा अनुगमन गरको हो । साथै अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, पोखरा महानगरपालिका, स्वास्थ्य कार्यालय, कास्की एवं राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरुको उपस्थिति थियो । अनुगमन टोलीले पोखराका ९ औषधि पसल एवं सप्लायर्सहरुमा अनुगमन तथा निरीक्षण गरेको थियो ।

ती मध्ये एउटा फार्मेसीलाई विगत ४–५ दिन अगाडि जारी भएका बिलसहित अन्य कागपत्रको साथमा ३ दिनभित्र जिल्ला प्रशासन कार्यालय, कास्कीमा उपस्थित हुन निर्देशन दिएको छ । अन्य फार्मेसी तथा औषधि पसलहरुमा अनुगमनका क्रममा देखिएका सामान्य त्रुटिहरुलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ । साथै प्रशासनले अनुगमनलाई आगामी दिनमा पनि थप कडाईका साथ निरन्तरता दिने जनाएको छ । ग्रुप सिक्स भेन्चर, तालवाराही फार्मेसी, पृथ्वी फार्मेसी, आस्मानी फार्मेसी, गुरुङ सिटी फार्मेसी, गण्डक परी फार्मेसी, सुमि फार्मेसी, रिदम फार्मेसी र चुनचुन फार्मेसीमा अनुगमन तथा निरीक्षण गरेको हो ।