जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ९ जना सहित गण्डकीमा आइतबार थप १८ जनामा कोरोना पुष्टि

जन्मभुमि खबर
पोखरा ।

पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उलपब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्तमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर वडा नम्बर ३ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ४१ वर्षीय पुरुष हुन् ।

५ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २९ वर्षीय १ जना महिला तथा २४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ६ मा ४२ वर्षीय १ जना पुरुष, १४ मा ५४ वर्षीय १ जना पुरुष, १७ मा २६ वर्षीय १ जना महिला, १९ मा २१ वर्षीय १ जना पुरुष, २९ मा ४९ वर्षीय १ जना महिला तथा ३० मा ४१ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला पर्वतमा १ जना, तनहुँमा ५ जना तथा बाग्लुङमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार १ सय ४७ पुगेको छ ।