जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका १९ जना सहित गण्डकीमा शुक्रबार थप २२ जनामा कोरोना पुष्टि, २४ जना संक्रमणमुक्त

जन्मभुमि खबर
पोखरा । पोखराका १९ सहित गण्डकी प्रदेशमा शुक्रबार थप २२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका २२ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १९ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, तनहुँ, म्याग्दी र बाग्लुङका एकएक जनामा पनि कोरोना देखिएको छ ।

पोखरा महानगरपालिका वडा नं.५ का २६ वर्षीय पुरुष, वडा नं. ६ का ३८ र ४४ वर्षीय पुरुष, वडा नं.८ की ४८ वर्षीया महिला, वडा नं.१० का ९१ वर्षीय पुरुष, वडा नं.११ का ३४ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.१५ का ३८ र ३९ वर्षीय पुरुष, वडा नं.१६ की ५४ वर्षीया महिला, वडा नं.१७ का १४, ३८ र ६० वर्षीय पुरुष, २५, ४५ र ६० वर्षीया महिला, वडा नं.३२ का २५, २६ र २८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

तनहुँको भानु नगरपालिका वडा नं.९ का ४४ वर्षीय पुरुष, म्याग्दीको बेनी नगरपालिका वडा नं. २ की ३३ वर्षीया महिला एवं बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ३ की ५५ वर्षीया महिलामा कोरोना देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार १२९ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप २४ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ७२५ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर १९९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १७९ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ६६१ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३१ हजार ९३५ नमुना परिक्षण भएको छ ।