जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका प्रहरी बिटमा सेनिटाईजिङ गर्दै पोखरा वाटर ट्याङ रानिपौवा,घान्द्रुकबासीको पनि सहयोग

नवीन भण्डारी
जन्मभुमि खबर ,पोखरा ।

सुरक्षाकर्मीलाई खाजा,पानी तथा सेनिटाईजर वितरणको अभियान आज १५औँ दिनसम्म आईपुग्दा हरेक क्षेत्रवाट सहयोग गर्नुहुने समपुर्ण सहयोगी मनहरूलाई एकमुस्ट धन्यवाद ब्यक्त गर्दै ओम गुरूङले आगामी दिनमा थप सहयोग र साथको अपेक्षा गर्नुभयो।

सन्दिप गुरूङ मेश्रम होटल घान्द्रुक ,रामबजार निवासी श्री मानवीर गुरूङ (ढासा बाजे) र पोखरा ११ निवासी श्री हरि बराल लगायतका समाजसेवीहरू अभियानमा जोडिएको कुरा जानकारी गराउनु भयो। नेपालकै प्रख्यात पर्यटकीय स्थल धान्द्नुकबाट पनि अभियानमा सहयोग आउनेक्रम समेत बढिरहेको कुरा गुरूङले जानकारी गराउनुभयो।

पोखराको आसपासमा रहेका प्रहरी बिटमा मिसिनद्वारा सेनिटाईजर छर्केर प्रत्येक बिटलाई कोराना भाईरसको जोखिमवाट सुरक्षित राख्नको लागी आजवाट उक्त कार्यक्रममा थप प्याकेज सुरू गरिएको जानकारि गुरूङले गराउनुभयो। प्रहरी नै सङक्रमण भएर डिउटीमा खट्टिँदा त्यसको प्रतक्ष प्रभाव आम सर्वसाधरणमा पर्ने भएको महसुस गरेर सहयोगी मनहरूको सहयोगवाट नै यस कार्यक्रमलाई पानी तथा खाजा वितरण संगसंगै अगाडी बढ्नेकुरा यस अभियानको संयोजकले जानकारी गराउनुभयो।
साथै हरेक क्षेत्रमा नेक्तृत्व गरेका सम्पुर्ण ब्यवसायीहरूलाई पनि गुरूङले यस संकटमा आफ्नो आफ्नो क्षेत्रवाट सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ।