जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलियम डिलर्स एशोसियसन गण्डकीको भवनमा १० बेडको आइसोलेसन तयार

जन्मभुमि खबर,
पोखरा ।
गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनले आफ्नो कार्यालय भवनमा १० बेडको आइसोलेसन तयार गरेको छ ।
कोरोना संक्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेहरुलाई समस्या देखिएकाले उनिहरुको प्रयोजनका लागि आइसोलेसन तयार गरिएको एशोसियसनका अध्यक्ष राजन गोगंजुले जानकारी दिए ।
एशोसियसनको पोखरा महानगरपालिका १४ चाउथेमा रहेको भवनलाई आइसोलेसन सेन्टर बनाइएको हो । जटिल प्रकृतिका संक्रमितका लागि नभै कोभिड देखिएका तर घर वा डेरामा परिवार सहित बस्न नमिल्नेका लागि प्रयोग गर्ने गरी तयारी बनाइएको उनले बताए ।
कार्यालयमा अहिले १० बेड सहित १५ दिनलाई पुग्ने खाद्यान्न तथा प्रारंभिक मेडिसिन र माक्स, सेनिटाइजर, तातोपानीको व्यवस्था गरिएको छ । कार्यालयमै किचन र मनोरन्जनका सामाग्रीहरु समेत राखिएको अध्यक्ष गोगंजुले जानकारी दिए ।
पेट्रोलियम क्षेत्रमा क्रियाशिल मजदुर र तिनका परिवार वा अन्य त्यस्ता विपन्न वर्गका संक्रमितहरुलाई महानगरको स्वास्थ्य महाशाखासँग समन्वय गरेर राखिने बताइएको छ । पहिलो चरणमा १० बेड निर्माण गरिए पनि कार्यालयको क्षमता २० बेडसम्म राख्न सकिने गरिने विस्तार गरिएको समेत अध्यक्ष गोगंजुले बताए । संभव भए अक्सिजन सिलिण्डरको समेत व्यवस्था मिलाईने उनले उल्लेख गरे ।