जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरबाट पार्किङ गरी राखेको स्कुटर चोरी गर्ने आलुमाईलाचोकका चन्द्र पक्राउ

जन्मभुमि खबर,
पोखरा ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरबाट स्कुटर चोरी गरेको आ’रोपमा एक युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्वत कुश्मा न.पा. १४ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ आलुमाईलाचोक बस्ने बर्ष २४ को चन्द्र बहादुर सुनार रहेका छन्।  उनलाई वडा प्रहरी कार्यालय रामबजार पोखराको प्रहरी टोलीले पक्राउ गरेको हो।

अभियुक्त सुनारले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरी राखेको स्कुटर गएको जेठ ८ गते बेलुकाको समयमा चोरी गरेको वडा प्रहरी कार्यालय रामबजार पोखराले जनाएको छ। अद्यापि प्रहरीले चोरी भएको स्कुटरको फोटो सार्वजनिक गरे पनि नम्बर भने खुलाएको छैन।