जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पत्रकार महासंघ कास्कीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा बिमला भण्डारी

पोखरा,
जन्मभुमि खबर ।

नेपाल पत्रकार महासंघ कास्कीमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ ।

अध्यक्षमा बिमला भण्डारी विजयी भएसँगै महासंघ कास्कीले इतिहास रचेको हो ।भण्डारी १७४ मत प्राप्त गर्दै विजयी भएकी हुन् । अध्यक्ष पदका अर्का प्रतिष्पर्धी केशव शरण लामिछानेले १२१ मत प्राप्त गरे । लामिछाने ५३ मतले पछि परे ।

नवनिर्वाचित अध्यक्ष भण्डरीले काँग्रेस निकट प्रेस यूनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर र चौतारी माधव नेपाल समूहको गठबन्धनको नेतृत्व गरेर प्रतिष्पर्धामा उत्रिएकी थिइन् भने लामिछानेले प्रेस चौतारी र प्रेस मञ्च गठबन्धनको नेतृत्व गरेका थिए ।

यस्तै, उपाध्यक्ष खुल्लामा बिमला प्यानलकै रामप्रसाद तिमिल्सिना बिजयी भएका छन । उनले १७४ मत ल्याउँदै विजयी भएका हुन् । चौतारीका अर्जुन गिरी ५० मतले पराजित भए। अर्जुनले १२२ मत पाएका थिए । महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले विजयी भएकि छिन् ।

सचिवमा केशव शरण प्यानलबाट प्रेस चौतारीका माधब बरालले जिते । माधवले १५५ मत पाएका थिए ।बरालका प्रतिष्पर्धी दीपक परियारले १४१ मत ल्याए । सहसचिव खुल्लातर्फ बिमला समूहका श्रीराम सिग्देलले जिते ।

सहसचिव समावेशीतर्फ रेम विक विजयी भएका छन् । कोषाध्यक्षमा बिमला प्यानलका कृष्ण दवाडी विजयी भए । सदस्य महिलामा सपना अधिकारी विजयी हुदाँ दलित सदस्यमा विजय नेपाली बिजयी भए ।

सदस्य जनजातिमा यूनियनमा पदम श्रेष्ठ ,अन्य समावेशी तर्फ जैनव खातुन विजयी भए । सदस्यहरूमा धन बहादुर गुरूङ (सुमन) शिवराज बस्ताकोटी , कञ्चन थापा , गीता राना मगर ,प्रभु अधिकारी १२८, सन्तोष बस्याल १२४, सन्तोष सुवेदी १२९ युवराज गुरूङ (युनिश)र हरि पन्त विजयी भए ।खुल्ला सदस्यका लागि २२ जनाले प्रतिष्पर्धा गरेका थिए ।

राष्ट्रिय परिषद सदस्य जनजाति तर्फ राजबहादुर गुरूङ विजयी भए । खुल्लामा कमल पौडेल अथक ,श्यामनाथ कुँवर १४२, आरजु बिष्ट सल्यानी र गंगाधर पराजुली विजयी भए ।