जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ८१७३ जना कोरोना संक्रमित थपिए, २४६ जनाको मृत्यु

आज देशभर ८ हजार १७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ६५७ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन्। देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।