जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ४६० जना संक्रमित थपिए, ५ जनाको मृत्यु

जन्मभुमि खबर,

नेपालमा कोरोना भाइरसका ४६० जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३८६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४६० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार ९४८ पुगेको जानकारी गराएको छ ।

पछिल्लो चौबीस घण्टामा १५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ३१८ जना निको भइसकेका छन् ।

पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले ५ जना ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ५८ जनाको मृत्यु भएको छ ।

हाल तीन हजार ६०८ जना आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा
छन् ।