जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ३३८४ जना नयाँ संक्रमित थपिए, ६१ जनाको मृत्यु,६२९५ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४९४ जनाको परीक्षण गर्दा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५०६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३८२ जना र ५ हजार ९८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार २ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख २६ हजार ५३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोनामुक्त भए, ६१ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार २९५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख २७ हजार १११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ४९४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३३ लाख १० हजार १४८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ६१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ ।