जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा २,७४५ जना नयाँ संक्रमित थपिए, ४१ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २९० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ४ सय ४९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६८१ जना र ५ हजार ८ सय ४१ जनाको एन्टिजेन विधिबाट परीक्षण १ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १२ हजार २०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना कोरोनामुक्त भए, ४१ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार २९० जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३३ लाख ५० हजार ६६० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।